मंगलवार , जेठ ५, २०८३
भैरहवा, ५ जेठ । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको टोलीले दुईदिने अध्ययन अवलोकन भ्रमण गरेको छ । संघले यही जेठ ३ र ४ गते पुर्वी नवलपरासीदेखि चितवनका विभिन्न स्थानको भ्रमण गरेको हो ।
संघका अध्यक्ष यादव प्रसाद पोख्रेलको नेतृत्वमा तथा भ्रमण संयोजक एवं संघका वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डेको संयोजनमा भएको भ्रमणमा संघका करिब ३५ जना सदस्यहरुको सहभागीता थियो ।
सहभागीहरुले चितवनको खैरहनीमा रहेको यति ब्रुवरी कंम्पनी अध्ययन अवलोकन भ्रमण गरेका थिए । सो कम्पनीले उत्पादन गरेको अर्ना ब्राण्ड बियरका विभिन्न तह तथा चरणको अवलोकन गरेका थिए । बियर कसरी बन्छ, यसको प्रोसेसिङ कसरी हुन्छ ? उद्योगका विभिन्न चरणदेखि प्याकेजिङसम्म चासोका साथ हेरिएको संघका निवर्तमान अध्यक्ष बाबुराम पाण्डेले बताउनुभयो । सो क्रममा उद्योगका जनरल म्यानेजर मनिष श्रीवास्तवले उद्योगमा उत्पादनका विभिन्न चरणको बारेमा जानकारी दिनुभएको थियो । उद्योग अवलोकनपछि भएको कार्यक्रममा उद्योगका इञ्चार्ज श्रीवास्तवले मदिरा व्यवसायी र उद्योगबीचको सम्बन्ध गाढा रहेको बताउनुभयो ।
संघका अध्यक्ष यादव पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव सुन्दर भण्डारीले गर्नुभएको थियो । सो कार्यक्रममा संस्थापक अध्यक्ष केशवराज ज्ञवाली लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा मदिरा व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष मृगेन्द्र गोविन्द श्रेष्ठ, मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार खिम बहादुर खत्री, निवर्तमान अध्यक्ष बाबुराम पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।
भ्रमणको क्रममा संघको टोली गैडाकोटस्थित मौलाकालिका मन्दिर, चितवनका विभिन्न पर्यटकीय स्थल, पर्यटकीय नगरी सौरहा, दुग्ध उत्पादक सहकारी संस्था लगायतको भ्रमण गरेको कोषाध्यक्ष विनोद आचार्यले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
