२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

रामग्राममा अक्सिजनसहित आईसोलेशन सेन्टर सञ्चालनमा 

तीनदिनमा एचडीयु सेवा पनि सञ्चालन हुने 

सोमवार , बैशाख २७, २०७८

परासी, २७ वैशाख । 
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा कोरोना संक्रमित बढ्दै गएपछि त्यसको मध्यनजर गदै र बेड अभाव हुन  नदिनको लागि नगरपालिकाले अक्सिजनसहितको आइसोलेशन सेन्टर सञ्चालन गरेको छ । रामग्राम नगरपालिकाको वडा नम्बर ४ मा अवस्थित रहेको पाल्हि क्याम्पसमा २० बेडको अक्सिजनसहित आइसोलेसन सेन्टर संचालनमा ल्याइएको नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले बताए । उक्त आइसोलेशन सेन्टरमा विशेषज्ञ चिकित्सकको निगरानीमा अक्सिजनसहितको २० बेडमा बिरामीहरूको उपचार हुने नगरप्रमुख गुप्ताले जानकारी दिए । 

नगरभित्रका अक्सिजन लेभल कम भएका र स्वासप्रस्वासमा कठिनाई भएका कोभिड बिरामीलाई उपचार गरिने  गुप्ताले बताए । उनको अनुसार कोरोना संक्रमितहरुको सुविधायुक्त उपचारको लागि पश्चिम नवलपरासीमा एचडीयु केन्द्र सञ्चालन गर्ने  र त्यसको लागि तयारी भइरहेको छ । उक्त एचडीयु केन्द्र प्रक्रिया अगाडि बढिसकेको र अबको केही दिनमा सञ्चालन हुने नगरप्रमुख गुप्ताले जानकारी दिए ।

नगरबासीको स्वास्थ्यमा संवेदनशील रहेको तथा कोभिडविरुद्वको लडाइमा निरन्तर लागिरहेको र सबै मिलेर परास्त गर्न सकिने उनले विश्वास व्यक्त गरेका छन् ।