सोमवार , जेठ ४, २०८३
काठमाडौं, ४ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिने क्रममा नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले सो सुझाव दिनुभएको हो ।
उहाँले मुलुकको अर्थतन्त्रमा देखिएको चुनौति अहिले पनि यथावत रहेको जिकिर गर्दै त्यसमा सुधार ल्याउनका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताउनु भयो । प्रमुख सचेतक थापाले रोजगारी सृजना, कृषि, पर्यटन, जल विद्युत क्षेत्रको विकासमा पनि सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।
उहाले भन्नुभयो,‘सरकार आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । अव बजेट विनियोजनको तयारीमा छ । त्यसैले स्वास्थ्य र शिक्षाको क्षेत्रमा कटौति होइन, प्रभावकारी लगानी आवश्यक छ । पोषण, शिक्षा, स्वास्थ्य । यी तीनवटा विषयलाई एउटै विकास सूचिमा जोडन म सरकरलाई पनि सुझाव दिन चाहन्छु ।
माननीय अर्थमन्त्रीज्युलाई स्मरण गराउन चाहन्छु । अहिले पनि अर्थतन्त्रका मुख्य चुनौति यथावत छन । पूँजीगत खर्च कमजोर छ । निजी क्षेत्र निरुत्साहित र त्रासमा छ । अस्वभाविका मूल्य वृद्धिले जनता निरुत्साहित छन । युवा पलायन तीव्र छ ।
कृषिमा परनिर्भरता उच्च छ र सार्वजनिक सेवा जटिल र झन्झटिलो छ । नेपाली काँग्रेसको स्पष्ट दृष्टिकोण छ–आगमी बजेटले यी विषयलाई प्राथमिकता दिनुपर्दछ ।’
प्रमुख सचेतक थापाले सरकारले रोजगारीको अवसर सृजना हुने खालका कार्यक्रमहरुलाई पनि बजेटमा प्राथमिकताका साथ राख्न आग्रह गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
