images

आइतवार, बैशाख १६ गते २०८१

मायादेवीमा अक्सिजन बेडसहितको कोभिड–१९ अस्पताल

मायादेवीमा अक्सिजन बेडसहितको कोभिड–१९ अस्पताल

images
images
images
सोमवार, बैशाख २७ २०७८
सोमवार, बैशाख २७ २०७८
  • मायादेवीमा अक्सिजन बेडसहितको कोभिड–१९ अस्पताल

    भैरहवा, २७ वैशाख । 
    रुपन्देहीको मायादेवी गाउँपालिकाले कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । वडा नम्बर ३ कम्हरियास्थित गाउँ कार्यपालिका कार्यालय नजिकै रहेको सभाहलमा १० बेडको अक्सिजनसहितको अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

    images

    कोरोना संक्रमितको उपचार तथा हेरचाहका लागि कोभिड अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले बताए । उनले अस्पतालमा चार जना स्वास्थ्यकर्मीको टोलीलाई सिफ्ट अनुसार खटाइने बताए । ‘एक जनालाई चिकित्सक पनि राख्ने तयारीमा छौं, स्वास्थ्यकर्मीहरु पनि तयारी अवस्थामा हुनुहुन्छ, आजदेखि नै कोरोना संक्रमित बिरामीलाई यहाँ राख्न सकिनेछ, ’उनले भने । 

    सोमबार अस्पतालको शुभारम्भ गरिएको छ । सो अवसरमा मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरीले निषेधाज्ञाको पालना गर्न गाउँपालिकावासीलाई आग्रह गरे । उनले कोरोना महामारीको यो विषम परिस्थितिमा स्वास्थ्य मापदण्ड पालना गरी सतर्क रहनुपर्नेमा जोड दिए । ‘आवश्यकता अनुसार कोभिड–१९ अस्पतालमा बेड थप्छौैं, ’चौधरीले भने । जनताको बीचमा निरन्तर रहेर काम गर्दै आएको उनको भनाइ छ । IMG_7565.JPG

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषि राम पन्थीले गाउँपालिकावासीको ज्यान बचाउन विशेष गरी स्वास्थ्यकर्मीकर्मी भूमिका महत्वपूर्ण रहने बताए । उनले बिरामीको ज्यान बचाउने उद्देश्य लिएर उच्च मनोबलका साथ काम गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । ‘कमजोर मनोबल नबनाउनुस्, हामी साथमा छौं, निरन्तर निरीक्षण गछौं,’ उनले भने । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयको अनुसार हाल गाउँपालिकामा संक्रमितको संख्या एकसय पुगेको छ ।IMG_7585.JPG

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij