images

शनिवार, बैशाख १५ गते २०८१

स्वास्थ्यकर्मी नै आईसियु र भेन्टिलेटरको अभावमा छटपटिएर मर्ने स्थिती आइसक्यो 

स्वास्थ्यकर्मी नै आईसियु र भेन्टिलेटरको अभावमा छटपटिएर मर्ने स्थिती आइसक्यो 

images
images
images
सोमवार, बैशाख २७ २०७८
सोमवार, बैशाख २७ २०७८
  • स्वास्थ्यकर्मी नै आईसियु र भेन्टिलेटरको अभावमा छटपटिएर मर्ने स्थिती आइसक्यो 

    बुटवल, २६ बैशाख।

    images

    कोभिड—१९बाट संक्रमित भै सिकिस्त भएका चिकित्सक लगाएतका स्वास्थ्यकर्मीहरु नै आईसियू बेड र भेन्टिलेटरको अभावमा छटपटिएर मृत्यूबरण गर्ने अवस्था आएको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन्।

    रुपन्देहीमा रहेका सबै सरकारी तथा निजि अस्पतालहरुमा कोभिड—१९को संक्रमण लगाएतका बिभिन्न किसिमका सिकिस्त बिरामीहरुले भरिभराउ भएपछि बिरामी हुन पुगेका चिकित्सक तथा कर्मचारीहरुलाई आवश्यक उपचार पाउन कठिन बन्दै गएको उनिहरुले बताएका छन्। 

    जसरी कोरोना संक्रमित बिरामीको चाप बढिरहेको छ त्यसरी नै स्वास्थ्यकर्मीहरुमाथि जोखिम पनि उत्तिकै बढेको छ। केहीदिन यता आम मानिससँगै चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरु भटाभट बिरामी हुन थालेपछि यस्तो अवस्था रहेमा वा यो स्थिती नियन्त्रण बाहिर गएमा अव उपचारको ब्यबस्था कसरी गर्ने भन्ने चिन्ताले सताएको अस्पताल संचालक र चिकित्सकहरु बताउछन्। 

    लुम्बिनी नर्सिङ्ग होमका अध्यक्ष भीम तुलाचनका अनुसार अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी र संचालकसमेत गरि अधिकांश कोभिड पोजेटिभ पुष्टि भएका कारण उपचारकै क्रममा छन्। कोभिड पोजेटिभहरु कोही होम आईसोलेसनमा, कोही आईसियुमा र भेन्टिलेटरमा उपचार गराईरहेका छन भने कोही आईसियु बेड र भेन्टिलेटरको अभावमा छटपटाई रहेका छन्। उता कोभिडका बिरामीहरुसँग ननकोभिड बिरामी राख्न नपाउदा अर्को समस्या उत्पन्न भएको छ।

    स्वास्थ्यकर्मी नै भटाभट बिरामी हुन थालेपछि बिरामी फर्काउन थालेका छौं।
    साझा हस्पिटल प्रालिका प्रबन्ध निर्देशक गोबिन्द खनालका अनुसार स्वास्थ्यकर्मी नै संक्रमित भएका कारण स्थिती भयावह बन्दै गैरहेको छ। स्वास्थ्यकर्मी नै संक्रमित भएर होम आईसोलेसनमा बस्न थालेपछि अस्पतालमा बिरामीहरुको उपचारमा थप समस्या उत्पन्न भएको खनालको भनाइृ छ।

    बिरामीहरुले अस्पताल भरिने, स्वास्थ्यकर्मीहरु अस्पतालमा बेड अभाव, आईसियु अभाव र अक्सिजन अभावमा घरमै आईसोलेट हुने अवस्था आउनु भनेको निकै गम्भिर कुरा हो। यसतर्फ कसले कस्ले ध्यान दिने हो ? खनाल प्रतिप्रश्न गर्छन। 
    लुम्बिनी सिटी अस्पतालका प्रबन्ध निर्देशक लोकनाथ भुसालले अस्पतालमा चिकित्सक तथा नर्सहरुनै बिरामी भएका कारण उपचारमा समस्या उत्पन्न भएको बताएका छन्।

    यता बिरामीको चाप अत्यधिक रुपले बढिरहेको छ उता स्वास्थ्यकर्मीहरुनै बिरामी भएर उपचार गराईरहनु पर्ने अवस्था आएको छ। भुसाल भन्छन—आएका बिरामी फर्काउनु हाम्रो बाध्यता बनिरहेको छ। यो नियन्त्रण भन्दा बाहिरको महाबिपत्ती आईलाग्यो के गर्ने, आफु पनि बाँच्नु छ। आफु बाँचे बल्ल अरुलाई बचाउन सकिन्छ हैनर् ? भुसाल पनि प्रतिप्रश्न गर्छन्। 

    बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवास्थित भिम अस्पताल लगाएतका सरकारी अस्पतालमा बिरामीले खचाखच भरिएका कारण बाहिरै गल्ली र चौरमा समेत राखेर उपचार गर्नुपर्ने अवस्था छ।

    अक्सिजन अभाव, बेड अभाव, आईसियु र भेन्टिलेटरको अभाव त छँदैछ चिकित्सक लगाएत स्वास्थ्यकर्मीहरुनै बिरामी हुन थालेपछि यहाँको स्थिती थप भयावह बन्ने निश्चित छ। भैरहवास्थित मेडिकल कलेजले अव थप बिरामी राख्न नसक्ने भन्दै सिमित संख्यामा मात्रै बिरामीलाई सेवा प्रदान गर्ने जनाएको छ।  

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij