२०८३, श्रावण २० गते

Aug 05 2026 | २०८३, श्रावण २० गते

रुपन्देहीमा ३ लाखको अवैध सामान बरामद

बिहिवार , बैशाख २४, २०८३

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, २४ वैशाख । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले बुधबार ३ लाख रुपैयाँ बढीको अवैध सामान बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली, चोरी पैठारी गरेको अन्दाजी मूल्य ३ लाख १ हजार २ सय ५० रुपैयाँ बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

    प्रहरीले सिद्धार्थनगर नगरपालिका–४ बाट १ बोरा फूल, मायादेवी गाउँपालिका–६ बाट ३१ पिस बोईलर कुखुरा, ओमसतिया गाउँपालिका–२ बाट २४ पिस लेडिज सुट, रोहिणी गाउँपालिका–६ बाट १० पिस बोईलर कुखुरा, रोहिणी–३ बाट लु २१ प १४८८ नम्बरको मोटरसाइकलसहित विभिन्न ट्रकका पार्टसहरु र सिद्धार्थनगर नगरपालिका–१ बाट दैनिक उपभोग्यका सामान र फलफूल, तरकारी बरामद गरेको हो ।

    बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालय तथा भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले जानकारी दिनुभयो ।