२०८३, आश्विन १ गते

Sep 17 2026 | २०८३, आश्विन १ गते

मृगौला स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

सोमवार , बैशाख २१, २०८३

  • 676
    Shares
  • 676
    Shares
  • भैरहवा, २१ वैशाख । लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलले मृगौला स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम भैरहवामा सम्पन्न गरेको छ । 

    क्लबका अध्यक्ष विपिन कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा मृगौला रोग विशेषज्ञ डा. सुबोध कुमार पाण्डे, डा.कृष्ण कुमार अग्रवाल तथा डाइटिसियन रुस्ना प्रधानाङ्गले सहभागीलाई मृगौला स्वास्थ्य सम्बन्धी सचेतना प्रदान गर्नुभएको थियो ।

    कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य डा.लेखजंग थापा, सांसदद्वय ज्ञानु पौड्याल, पुनम अग्रवाल, लायन्स डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर बालाराम भट्टराई, निवर्तमान डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्ग, क्लब गाइडलाइन विनोद खरेल, संस्थापक अध्यक्ष ओम जैसी, दीपक कौशल, राजेन्द्र थापा, महेश नेपाल, गजेन्द्र कोहार, भोजराज बस्याल, खेम बहादुर कार्की, श्रृजना अधिकारी, सुस्मा थापा, कार्यक्रम संयोजक धर्मेन्द्र चौधरी, सिद्धार्थनगर सिटी हस्पिटलका सृष्टि थकाली लगायतले खानपान, रहनसहनमा ध्यान दिएमा मृगौला स्वास्थ्य राख्न सकिने बताउनुभएको थियो ।