२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

बाल अधिकार संरक्षणमा स्थानीय सरकारको भूमिका विषयक अन्तरक्रिया

शुक्रवार , बैशाख १८, २०८३

  • 205
    Shares
  • 205
    Shares
  • भैरहवा, १८ वैशाख । बाल अधिकार संरक्षणमा स्थानीय सरकारको भूमिका विषयमा भैरहवामा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । बाल अधिकारवादी संस्था सिविन नेपालको आयोजनामा भएको कार्यक्रममा रुपन्देहीका विभिन्न पालिकाबाट सरोकारवालहरुको सहभागीता रहेको थियो । सहभागीहरुले बालबालिकासम्बन्धी ऐन कानून भए पनि व्यवहारमा लागू हुन नसकेको गुनासो गरेका थिए । 

    सहभागीलाई बालबालिकाको क्षेत्रमा काम गर्दै आउनुभएका अधिवक्ता सागर भण्डारीले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा कस्ता बालबालिकालाई बालगृहमा स्थानान्तरण गर्न सिफारिस गर्ने, हिंसा तथा दुव्र्यवहारबाट पीडित बालबालिकाहरुलाई कानूनी प्रकृया कसरी अगाडी बढाउने, जबरजस्ती करणी वा हाडनाता करणीबाट जन्म भएको शिशुको संरक्षण कसरी गर्ने जस्ता विषयमा प्रस्तुतीकरण गरिएको थियो । 

    बाल संरक्षण संयन्त्रका लागि पालिका, न्यायिक समिति, स्थानीय बाल अधिकार समिति, बाल कल्याण अधिकारी, मनोविज्ञ, समाजसेवी रहने व्यवस्था रहेको जानकारी गराइएको थियो । बालबालिका सम्बन्धी ऐन २०७५ ले स्थानीय तहलाई बालबालिकाको विकास र संरक्षणका लागि तोकेको जिम्मेवारीका बारेमा पनि सहभागीलाई अवगत गराइएको थियो । 

    सो अवसरमा सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारी, सियारी गाउँपालिका उपाध्यक्ष तारा थारु, रोहिणी गाउँपालिकाको उपाध्यक्ष शिवकान्ती हरिजन ,सिविनका कार्यक्रम निर्देशक धु्रव गौतम, अध्यक्ष माधव प्रधान, भैरहवा कार्यक्रम व्यवस्थापक विष्णु पौडेल लगायतले बोल्नुभएको थियो ।