२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

अर्घाखाँचीमा दुई कोरोना संक्रमितको मृत्यु

आइतवार , बैशाख २६, २०७८

अर्घाखाँची, २६ वैशाख ।
अर्घाखाँचीमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला अस्पताल सन्धिखर्कमा उपचाररत २ जना कोरोना संक्रमितको गएराती मृत्यु भएको अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिए ।

मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका वडा नम्बर ६ फुदवाङ निवासी ४० वर्षिय युवक र शितगंगा नगरपालिका वडा नम्बर ७ निवासी २३ वर्षिया युवती रहेका छन् ।सन्धिखर्क निवासी युवाको राती पौने १ बजे मृत्यु भएको हो भने शितगंगा निवासी युवतीको बिहान ४ बजे मृत्यु भएको हो ।