
९ जना संक्रमितको निधन
शनिवार , बैशाख २५, २०७८
बुटवल, २५ वैशाख ।
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको निधन भएको छ भने ६ सय ९८ जना नयाँ संक्रमित थपिएका छन् । यस अवधीमा ४ सय १६ जना निको भइ घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
कार्यालयका अनुसार रुपन्देहीका ३ वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १ हजार २ सय ४१ नमुना परीक्षणमा ६ सय ९८ मा कोरोना संक्रमण पुष्टि भएको हो । आजसम्मको तथ्यांक अनुसार रुपन्देहीमा कोरोना संक्रमण भइ मृत्यु हुनेको संख्या २ सय ६२ पुगेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार आज बुटवल उपमहानगरपालिकामा ३ सय जनामा संक्रमण पुष्टि भएको छ भने तिलोत्तमामा १ सय ५१, सिद्धार्थनगरमा ७८, सैनामैनामा ७२ र देवदहमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसै गरी कञ्चनमा २०, शुद्धोधनमा १४, सियारीमा १२, ओमसतियामा ७, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ६, गैडहवामा ४, रोहिणीमा ३, मायादेवीमा २ र कोटहीमाईमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको सो कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij