२०८३, बैशाख ३ गते

Apr 16 2026 | २०८३, बैशाख ३ गते

भारतिय बजारबाट सामान खरिद गर्न कडाई

बिहिवार , बैशाख ३, २०८३

  • 349
    Shares
  • 349
    Shares
  • रुपन्देही, ३ बैशाख । नेपाल भारत सिमा नाकासंग जोडिएका सिमावर्ती भारतबाट हुने किनमेललाई कडाई गरिएको छ ।
    भारतिय बजार सुनौलीबाट सामान खरिद गरेर नेपाल ल्याउने वेलहिया नाकादेखि बुधबार र शनिवार लाग्दै आएको फरेनीया बजारबाट सामान खरिद गर्न कडाई गरिएको हो । 

    नयाँ सरकार आएपश्चात नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने भारतीय बजारहरूमा पछिल्लो समय नेपाली नागरिकमाथि कडाइ बढाइएको हो । सिमाक्षेत्रमा प्रहरीले माईकिङ गर्दै भारतिय बजारमा किनमेल गर्न जानबाट रोक लगाएको छ भने सामान ल्याउने उपभोक्ताको सामान चेकजाँच पछि मात्रै छाडिएको छ । 

    IMG_2971.JPG

    सीमापार किनमेल तथा साना व्यापारका लागि जाने नेपालीहरूले अहिले कडा जाँच, सोधपुछ र विभिन्न प्रतिबन्धको सामना गर्नुपरेको बताएका छन् । उनीहरुले नेपालमा महङ्गी नियन्त्रण नगर्ने, भारतिय बजार पनि जान नजाने प्रवृतिको अन्त गर्नु पर्ने उनीहरुको जोड छ । 

    भारतीय सुरक्षाकर्मीहरूले सीमा क्षेत्रमा निगरानी बढाउँदै परिचयपत्र अनिवार्य जस्तै बनाएका छन् भने एक रुपैया भन्दा बढीको सामान ल्याउदा भन्सार तिर्नु परेपछि आम उपभोक्ता मर्कामा परेको बताएका छन् । स्थानीयका अनुसार, पहिले सहज रूपमा आवतजावत हुने सीमावर्ती बजारमा अहिले झन्झट बढेको छ । 

    कडाइका कारण दैनिक ज्यालादारी गर्ने मजदुर, साना व्यापारी तथा सीमापार निर्भर उपभोक्ताहरू बढी प्रभावित भएका छन् भने नेपाली व्यवसायी भने व्यवसाय फस्टाउछ भन्नेमा आसावादी बनेका छन्  ।