२०८३, बैशाख ३ गते

Apr 16 2026 | २०८३, बैशाख ३ गते

अमेरिका–इरान युद्धविराम थपिएको भन्ने खबर सत्य होइन : ह्वाइट हाउस

बिहिवार , बैशाख ३, २०८३

  • 178
    Shares
  • 178
    Shares
  • काठमाडौं, ३ बैशाख । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बुधवार अमेरिका र इरानबीचको वर्तमान युद्धविराम थपिएको भन्ने रिपोर्टहरू यस क्षणमा सत्य नभएको बताउनुभएको छ ।

    ह्वाइट हाउसमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै लेभिटले जारी वार्ताबाट हप्तौंदेखि चल्दै आएको युद्ध अन्त्य गर्ने सम्झौता हुन सक्नेमा ट्रम्प प्रशासन आशावादी रहेको बताउनु भयो । सम्भावित वार्ता कहाँ होला भनी सोधिएको प्रश्नमा लेभिटले ती वार्ताहरू पुनः पाकिस्तानमा हुने प्रबल सम्भावना रहेको बताउनु भयो ।

    पाकिस्तानी राजधानी इस्लामाबादले गत हप्ताको अन्त्यमा रोकिएका वार्ताहरूको आयोजना गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार अमेरिका र इरानबीचको नयाँ वार्ता पाकिस्तानमा आगामी दुई दिनभित्र हुनसक्ने बताउनुभएको थियो ।

    कुनै स्पष्ट समयसीमा नदिई ट्रम्पले बुधवार नै इरानसँगको अमेरिकी–इजरायली युद्ध अन्त्यको धेरै नजिक रहेको टिप्पणी गर्नुभएको थियो । दुई हप्ताको युद्धविराम आगामी हप्ता समाप्त हुँदैछ ।