२०८३, बैशाख ३ गते

Apr 16 2026 | २०८३, बैशाख ३ गते

सन् २०२६ को पहिलो दुई महिनामा रूसको जीडीपी १.८ प्रतिशतले घट्यो : पुटिन

बिहिवार , बैशाख ३, २०८३

  • 235
    Shares
  • 235
    Shares
  • काठमाडौं, ३ बैशाख । सन् २०२६ को पहिलो दुई महिनामा रूसको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १.८ प्रतिशतले घटेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार बताउनुभएको छ ।

    पुटिनले आर्थिक मुद्दाहरूमा भएको बैठकमा यसबारे जानकारी दिनुभयो । जनवरी–फेब्रुअरीमा जीडीपी १.८ प्रतिशतले घट्यो । उहाँले क्यालेण्डर र मौसमका कारकहरू जीडीपीमा गिरावट आउनुको कारणहरूमध्ये एक रहेको बताउनु भयो ।

    उत्पादन क्षेत्र, समग्र औद्योगिक उत्पादन र निर्माणको प्रवृत्ति नकारात्मक भएको छ । उहाँले रूसको लागि सन्तुलित बजेट कायम राख्न र वित्तीय स्थिरता सुनिश्चित गर्नमा जोड दिनुभयो ।