बिहिवार , बैशाख ३, २०८३
काठमाडौं, ३ बैशाख । भारतको मध्य राज्य छत्तीसगढको एक पावर प्लान्टमा भएको बोइलर विस्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।
स्थानीय सञ्चारमाध्यमहरूले यो जानकारी दिएका छन् । विस्फोट छत्तीसगढको राजधानी रायपुरबाट करिव २२८ किलोमिटर उत्तरपूर्वमा रहेको शक्ति जिल्लाको सिन्घितराई गाउँमा रहेको वेदान्त पावर प्लान्टमा भएको हो । घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालमा लगिएको छ ।
स्थानीय सरकारी अधिकारीहरूका अनुसार केही घाइतेहरूको अवस्था गम्भीर छ । कामदारहरू खाजा खाइरहेको समयमा पावर प्लान्टको बोइलर ट्युबमा विस्फोट भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij