२०८३, बैशाख ३ गते

Apr 16 2026 | २०८३, बैशाख ३ गते

भैरहवामा क्रिकेट खेलाडीको बन्द प्रशिक्षण

बिहिवार , बैशाख ३, २०८३

  • 250
    Shares
  • 250
    Shares
  • भैरहवा, ३ वैशाख । रुपन्देहीको भैरहवामा बुधबारदेखि यु–१९ पुरुष क्रिकेट बन्द प्रशिक्षण सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ क्रिकेट रंगशालामा भइरहेको प्रशिक्षण बिहीबार (आज) सम्म चल्नेछ ।

    संघका उपाध्यक्ष धिरज अधिकारी क्षेत्रीका अनुसार प्रशिक्षक शंकर राना र सहायक प्रशिक्षक मान बहादुर थापाले खेलाडीलाई प्रशिक्षण दिनुभएको छ । त्यस्तै खेलाडी सेलेक्टरमा दुर्गा सेन रहनुभएको छ । प्रशिक्षणमा ६५ जना खेलाडी सहभागी छन् । प्रशिक्षणबाट १५ जना खेलाडी छनौट हुनेछन् ।

    त्यसै गरी प्रधानमन्त्री कपका लागि महिला क्रिकेट बन्द प्रशिक्षण पनि बुधबारदेखि सुरु भएको छ । प्रशिक्षणमा ३५ जना खेलाडी सहभागी छन् । जसबाट सिनियरतर्फ १५ र यु–१९ तर्फ १५ जना खेलाडी छनौट हुनेछन् ।

    बन्द प्रशिक्षणपश्चात रुपन्देही जिल्लाको टीम छनोट हुने रुपन्देही क्रिकेट संघका उपाध्यक्ष धिरज अधिकारी क्षेत्रीले जानकारी दिनुभयो । ‘त्यसपश्चात प्रदेशस्तरमा छनौट हुँदै खेलाडी प्रधानमन्त्री कपका लागि छनौट गरिनेछ,’ उहाँले भन्नुभयो ।