२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

बजेट कार्यान्वयनलाई प्राथमिकतामा राख्न लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण

बिहिवार , चैत्र २६, २०८२

  • 265
    Shares
  • 265
    Shares
  • दाङ, २६ चैत । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

    संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो ।

    संघका अध्यक्ष गोपाल ज्ञवालीले प्रदेशमा प्रसारण कार्यालय भएका टेलिभिजनहरूको संरक्षणका लागि तत्काल कार्यक्रम कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले दिने विज्ञापन अनुदानवापतका टेलिभिजन कार्यक्रमका लागि हालसम्म सम्झौता नभएको उल्लेख गर्दै तत्काल सम्झौता गरी प्रसारण सुनिश्चित गर्न माग गर्नुभयो ।

    त्यसै गरी प्रदेश सभा तथा विभिन्न मन्त्रालयहरूले दर्ता भएका टेलिभिजनलाई बेवास्ता गर्दै आफैं कार्यक्रम सञ्चालन गरिरहेको भन्दै त्यस्ता गतिविधि रोक्न र आधिकारिक टेलिभिजनमार्फत मात्र कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।

    संघले विगतमा लुम्बिनी प्रदेश सरकारले गठन गरेको यम बहादुर गाहा (मिलन) नेतृत्वको प्रतिवेदन कार्यान्वयन नभएकोप्रति पनि गम्भीर ध्यानाकर्षण गराउँदै सो प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ ।

    मुख्यमन्त्री चेतनारायण आचार्यले संघको ध्यानाकर्षणप्रति सरकार गम्भीर रहेको बताउँदै समस्या समाधानका लागि सरकारले काम गर्ने बताउनुभयो ।

    उक्त भेटमा संसदीय मामिला पत्रकार समाजका अध्यक्ष घनश्याम गौतम, राष्ट्रिय टेलिभिजन प्रशारण संघका पूर्वअध्यक्ष नरेश के.सी., सह–सचिव नवीन घिमिरे लगायतको उपस्थिति लगायतको उपस्थिति थियो ।