२०८२, चैत्र २५ गते

Apr 08 2026 | २०८२, चैत्र २५ गते

ईन्धन आयातमा लगाईने अप्रत्यक्ष करलाई स्थायी रुपमा घटाइयोस् : काँग्रेस सांसद थापा

बुधवार , चैत्र २५, २०८२

  • 316
    Shares
  • 316
    Shares
  • काठमाडौं, २५ चैत । नेपाली काँग्रेसका सांसद सुनिलबहादुर थापाले ईन्धन आयात लाग्ने कर तथा अप्रत्यक्ष शुल्कलाई स्थायी रुपमले नै घटाउन आग्रह गर्नुभएको छ । 

    राष्ट्रिय सभाको बुधवार बसेको बैठकको विशेष समयमा उहाँले यस्तो आग्रह गर्नुभएको हो । सरकारले गरेको ईन्धन आयातमा कर तथा अप्रत्यक्ष शुल्क घटाउने निर्णयलाई स्वागत गर्दै उहाँले यसलाई दीर्घकालिन रुपमा नै लैजान वा कर पुनरावलोकन गर्न सुझाव दिनुभयो । उहाँले ईन्धनको मुल्य सुपथ बनाउँदा समगै अर्थतन्त्र नै चलायमान हुने उल्लेख गर्नुभयो ।

    उहाँले हाल मध्येपुर्वमा भईरहेको युद्धका कारण ईन्धन आपुर्तीमा समस्या देखिएको बताउनुहुँदै भारत सरकारसंग सहकार्य गरेर निरन्तर आपुर्तीको सुनिश्चितता गर्न सरकारसंग आग्रह गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘आजको युगमा कुनैपनि द्वन्द्वले विश्वभर प्रभाव पार्दछ । विशेषगरी नेपाल जस्तो भुपेरिवेष्टित देशमा यसको प्रभाव अझ बढी छ । हाम्रो उर्जा आपूर्ती भारतमार्फत निर्भर रहेको सन्र्दभमा म नेपाल सरकारलाई यस अवस्थालाई नजिकबाट निगरानी गर्न तथा भारत सरकारसंग समन्वय गरि ईन्धन आपूर्तीमा निरन्तरताको सुनिश्चितता गर्न आग्रह गर्दछु ।

    साथै ईन्धनको मुल्यवृद्धिले समग्र अर्थतन्त्रमा गम्भिर प्रभाव पार्नेछ, यस सन्र्दभमा अर्थमन्त्रीज्यूले ईन्धन आयातमा कर तथा अप्रत्यक्ष शुल्क घटाउने निर्णय लिनुभएकोमा म स्वागत गर्दछु । तर म सरकारलाई दीर्घकालिन रुपमा यस्ता अप्रत्यक्ष करहरु स्थायी रुपमा घटाउने वा पुनर्वलोकन गर्न आग्रह गर्दछु । ईन्धनको मूल्य सुलभ राख्नु हाम्रो अर्थतन्त्रलाई गतिशिलता दिनुपनि हो ।’

    उहाँले नेपाली नेपाली राजनितिमा एकता, सहमति र सहकार्यको आवश्यक्ता देखिएको बताउँदै सरकारलाई राजनिनितिक दलहरुसंग सम्बाद गर्न सुझाव दिनुभयो ।