२०८३, आश्विन १९ गते

Oct 05 2026 | २०८३, आश्विन १९ गते

संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज बस्दै

बुधवार , चैत्र २५, २०८२

  • 940
    Shares
  • 940
    Shares
  • काठमाडौं, २५ चैत । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२।१२।१६ को निर्णय अनुसार प्रधानमन्त्रीज्यूका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल(२०८२ को पहिलो बैठक आज दिउँसो ३:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ।

    ​उक्त कार्यदलमा नेपाली काङ्ग्रेसका तर्फबाट मोहन आचार्य, नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट संविधान सभाका सदस्य एवं डा. भीष्मनाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट संविधान सभाका सदस्य एवं पूर्व कानुनमन्त्री देव प्रसाद गुरुङ्ग, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाका तर्फबाट महासचिव मनोज भट्ट सदस्यका रूपमा रहनुभएको छ।

    ​नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पठाउने प्रतिनिधिबारे आन्तरिक छलफल भइरहेको छ। उक्त दलहरूले कार्यदल सदस्यको नाम सम्भवतः आजै टुङ्गो लगाउनेछन्।

    ​कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव श्री पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल पनि सदस्यका रूपमा रहनुभएको छ। कार्यदलको सदस्य सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदी रहनुभएको छ।