बुधवार , चैत्र २५, २०८२
दाङ, २५ चैत । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत आठौं बैठक बुधबार (आज) पनि बस्दैछ । प्रदेश सभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आ–आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ ।
त्यसै गरी सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा विशेष समयमा हालसम्म उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम तय गरिएको छ ।
त्यसै गरी अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची पनि रहेको सचिवालयले जनाएको छ । ग
त चैत २२ गतेबाट सुरु भएको प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गतका बैठकहरु निरन्तर रुपमा सञ्चालन हुँदै आएका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij