२०८२, चैत्र २४ गते

Apr 07 2026 | २०८२, चैत्र २४ गते

माइती नेपालले मनायो ३४ औं स्थापना दिवस

मंगलवार , चैत्र २४, २०८२

  • 268
    Shares
  • 268
    Shares
  • भैरहवा, २४ चैत । माइती नेपाल आवधिक गृह भैरहवाले मंगलबार (आज) ३४ औं स्थापना दिवस मनाएको छ । वार्षिक उत्सवको अवसरमा संस्थाले भैरहवामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । 

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का कार्यवाहक अध्यक्ष बसुन्धरा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा मानव बेचविखन तथा ओसारपसारविरुद्ध अन्तरक्रिया तथा छलफल भएको हो । 

    कार्यक्रममा सहभागी किशोरकिशोरी तथा महिलाहरुलाई संस्थाका प्रमुख माया क्षेत्रीले प्रस्तुतीकरणसहित सहजीकरण गर्नुभएको थियो । उहाँले मानव बेचविखन कसरी हुन्छ, कसरी जोगिन सकिन्छ, कानूनी व्यवस्था के छन्, महिला तथा बालबालिकाको बेचबिखनको स्थिति, सामाजिक संजालको दुरुपयोग जस्ता विविध विषयमा प्रष्टाउनुभएको थियो । 

    कार्यक्रममा रुपन्देही एफ.एम.का स्टेशन म्यानेजर शंकर पाण्डे लगायत नगरका विभिन्न वडाबाट करिब ४० जना महिला तथा किशोरकिशोरीको सहभागीता थियो ।