मंगलवार , चैत्र २४, २०८२
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
बैठक मंगलबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाइएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार आजको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गर्ने सम्भावना रहेको छ ।
यद्यपि मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे केही खुलाइएको छैन । मंगलबार दिउँसो १२ : ३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij