२०८२, चैत्र २३ गते

Apr 06 2026 | २०८२, चैत्र २३ गते

प्रतिशोधपूर्ण व्यवहार बन्द गर्न एमाले लुम्बिनी संसदीय दलको माग

सोमवार , चैत्र २३, २०८२

  • 187
    Shares
  • 187
    Shares
  • दाङ, २३ चैत । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दल बोर्डको १० औं बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री तथा संसदीय दलका नेता चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक बजेटले समेटेका आयोजनाहरू निर्धारित समयमै सम्पन्न गराउन संसदीय दलको तर्फबाट सक्रिय अगुवाइ गर्ने निर्णय गरेको छ ।

    बैठकले संघीय सरकारले संविधान र कानुनको बर्खिलाप कार्की आयोगको प्रतिवेदनका आधारमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्रीलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै घोर निन्दा र भ्रत्सना गरेको छ । प्रदेश सभा सदस्य रत्नबहादुर खत्रीका अनुसार उहाँहरूको बिनाशर्त रिहाइको माग गरिएको छ ।

    त्यस्तै हालका प्रधानमन्त्री बालेन्द्र शाहले काठमाण्डौं महानगरपालिकाको नगर प्रमुख हुँदा प्रदेश सभा सदस्य रेखा शर्माविरुद्ध लेखेको सामाजिक सञ्जालको स्टाटसको विषयलाई लिएर अदालत, सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ताको कार्यालयबाट सफाइ पाइसक्दा पनि प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गरिएको भन्दै बैठकले आपत्ति जनाएको छ ।

    संघीय सरकार राज्य आतंकतर्फ उन्मुख भएको आरोप लगाउँदै बैठकले प्रतिशोधपूर्ण व्यवहार तत्काल बन्द गर्न माग गरेको छ ।