२०८२, चैत्र २३ गते

Apr 06 2026 | २०८२, चैत्र २३ गते

नेतृत्व विकास तालिम सुरु

सोमवार , चैत्र २३, २०८२

  • 187
    Shares
  • 187
    Shares
  • तिलोत्तमा, २३ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ स्थित मडाह गाउँमा सोमबारदेखि नेतृत्व विकास तालिम सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त तालिममा वडाभित्र रहेका ६० जनाको सहभागीता रहेको छ । 

    तालिमको उद्घाटन गर्दै तिलोत्तमा–१३ का वडाध्यक्ष नारायण ढकालले आदिवासी जनजातिको क्षमता विकास गर्नका लागि आफ्नो वडा कटिबद्ध रहेको बताउँदै सोहीअनुसारको बजेट विनियोजन गरिएको बताए । संविधानले व्यवस्था गरेअनुसार समावेशीता र पहुँचको अवसरले नै जनजातिहरु अघि बढ्न सम्भव भएको उहाँले बताउनुभयो ।

    तालिममा नेतृत्वकला, उद्यमशीलता, बैठक व्यवस्थापन, प्रतिवेदन लेखन, उद्घोषण एवं भाषणकला र क्षमता अभिवृद्धि सम्बन्धि विषयवस्तुमा दलबहादुर गुरुङ, गीतारानी बलाल र मन थापाले सहजीकरण गर्नुभएको छ ।

    WhatsApp Image 2026-04-06 at 3.19.49 PM.jpeg

    होमबहादुर छन्त्यालको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन सत्रको सञ्चालन वडा सञ्जाल टोल विकास संस्थाका सचिव रुद्र तिवारीले सञ्चालन गर्नुभएको थियो ।