२०८२, चैत्र २२ गते

Apr 05 2026 | २०८२, चैत्र २२ गते

उद्योग वाणिज्य महासंघ लुम्बिनीको अध्यक्षमा ठाकुर श्रेष्ठ निर्वाचित

आइतवार , चैत्र २२, २०८२

  • 937
    Shares
  • 937
    Shares
  • भैरहवा, २२ चैत । नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशको अध्यक्षमा ठाकुर कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिबार रुपन्देहीको भैरहवामा सम्पन्न महासंघको आठौं प्रदेश सभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

    श्रेष्ठले कपिलवस्तुको चन्द्रौटाका जमसेर अलि मियाँलाई पराजित गर्नुभएको हो । महासंघको एसोसिएटतर्फ १०२ मत खसेकोमा श्रेष्ठले ९६ मत पाउँदा मियाँले ६ मत मात्र प्राप्त गर्नुभयो । त्यस्तै जिल्ला–नगरतर्फ ३३ मत खसेकोमा श्रेष्ठले २१ र मियाँले १२ मत प्राप्त गर्नुभयो । वस्तुगततर्फ खसेको एउटा मत पनि श्रेष्ठले पाउनुभयो । 

    अध्यक्षमा निर्वाचित भैरहवा निवासी श्रेष्ठ सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।
    निर्वाचन समितिका अनुसार महासंघको जिल्ला–नगर उपाध्यक्षमा दाङका टंकसिंह बुढाथोकी र एशोसिएट उपाध्यक्षमा पाल्पाका राजु महर्जन, कोषाध्यक्षमा नवलपरासीका लेखनाथ न्यौपाने, सदस्यमा बर्दियाका बद्रीनाथ बराल र प्यूठानका माधवराज भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ ।

    एसोसिएट सदस्यहरुमा रुपन्देहीका सौरभ अग्रवाल र लमहीका युवराज पोखरेल पनि निर्विरोध निर्वाचित हुनुभएको छ । ११ सदस्यीय रहने समितिमा एकजना महिलासहित दुईजना सदस्य मनोनित गरिने व्यवस्था छ ।