शनिवार , चैत्र २१, २०८२
तिलोत्तमा, २१ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विद्यालय स्तरोन्नतिका लागि मर्जर प्रक्रिया तथा कानुनी छात्रवृत्तिसम्बन्धी प्रतिवेदन हस्तान्तरण गरिएको छ ।
नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख जगेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालसहित विषयगत संयोजक र कार्यपालिकाका केही सदस्यहरुको सहभागीता थियो ।
कार्यक्रममा विषयगत समितिका संयोजक सुरेन्द्र श्रीले प्रतिवेदन तयार गरी त्यसकाबारेमा समग्र व्याख्या गर्नुभएको थियो । त्यस्तै तिलोत्तमा–६ का वडाअध्यक्ष तथा विषयगत समितिका संयोजक गणेश पाठकले त्यस प्रतिवेदनका बारेमा भए–गरेका क्रियाकलाप र त्यसमा अध्ययन प्रतिबेदन माथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा प्रस्तुत भएको प्रतिवेदनसमक्ष आफ्नो राय राख्दै शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले नगरप्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो ।
प्रतिवेदनमा विद्यालयहरूको गुणस्तर अभिवृद्धिका लागि केही सामूदायिक विद्यालय मर्जर गर्ने र त्यसको शैक्षिक विकासका लागि बजेट नीति तथा कार्यक्रममा विशेष प्राथमिकतामा राख्ने, कार्यान्वयनका उपाय तथा कानुनी छात्रवृत्ति व्यवस्थालाई सामूदायिक तथा संस्थागत विद्यालयलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने सम्बन्धमा सुझावहरू समेटिएका छन् ।
नगरपालिकाले प्रतिवेदन कार्यान्वयनमार्फत शिक्षा क्षेत्रमा सुधार ल्याउने विश्वास व्यक्त गरेको छ । शिक्षा अधिकृत धनी प्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij