२०८३, बैशाख ३ गते

Apr 16 2026 | २०८३, बैशाख ३ गते

विद्यार्थीहरुको स्वागत तथा विदाई जस्ता कार्यक्रम विद्यालय हाताभित्रै गर्न अनुरोध

बिहिवार , चैत्र १९, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, १९ चैत । शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीले विद्यार्थीहरुको स्वागत तथा विदाई जस्ता कार्यक्रमहरु विद्यालय हाताभित्र सञ्चालन गर्न अनुरोध गरेको छ । कार्यालयले जिल्ला अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुले उपरोक्त अनुसारका कार्यक्रमहरु मितव्ययी तरिकाले गर्न अनुरोध गरेको हो ।

    केही सामुदायिक तथा संस्थागत विद्यालयहरुले स्वागत तथा विदाई जस्ता कार्यक्रमहरु विभिन्न होटलहरुमा सञ्चालन गर्ने गरेकोले विद्यार्थी तथा अभिभावकहरुमा अतिरिक्त आर्थिक भार सिर्जना भएको व्यहोराको गुनासो यस कार्यालयमा प्राप्त भएको इकाइ प्रमुख (उपसचिव) विष्णु प्रसाद पन्थीद्वारा बुधबार जारी सूचनामा उल्लेख गरिएको छ ।

    शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीले जिल्लास्थित सम्पूर्ण स्थानीय तहहरुलाई समन्वय, सहजीकरण र अनुगमन गर्न समेत आग्रह गरेको छ ।

    Notice.jpg