२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

खानेपानी मन्त्रालयको दाबी : खानेपानीका आयोजनाहरुलाई महिलामैत्री बनाइएको छ

सोमवार , चैत्र ९, २०८२

  • 673
    Shares
  • 673
    Shares
  • काठमाडौं, ९ चैत । खानेपानी मन्त्रालयले खानेपानीसम्बन्धि आयोजनाहरुलाई महिलामैत्री बनाउने कामलाई प्राथमिकता दिइएको जनाएको छ । 

    विश्व पानी दिवसको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सो मन्त्रालयका प्रवक्ता मीना श्रेष्ठले सो कुरा बताउनुभएको हो । मन्त्रालयले लैगिकमैंत्री खानेपानीको व्यवस्थापन गर्न सरकारले सबै स्थानीय पालिकाहरुमा खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन सम्बन्धि सिष्टम लागू गरेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

    खानेपानीको व्यवस्थापनमा सबैको पहुँच पु¥याउनका लागि सरकारले सो सिष्टम लागू गर्नुपरेको पनि प्रवक्ता श्रेष्ठको भनाई थियो । उहाँले खानेपानी आयोजनाहरु आवश्यक्ताको आधारमा तय गर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराउनु भयो । 

    प्रवक्ता श्रेष्ठले भन्नुभयो,‘अब निड बेस प्रोजेक्न नभई उतिकै माथि खल्तीबाट प्रोजेक्ट आउने चलन छ । यसले गर्दा धेरै खर्च गर्दा पनि महिलालाई इक्वीएल्ली खानेपानीको राईट पुगेको छ भन्नेकुरा निर्धक्कका साथ बोल्न गाह्रो भएको हुनाले खानेपानी मन्त्रालयले अहिले रिसेन्टली केही महिनादेखि के शुरु गरेका छौँ भने खानेपानी मन्त्रालय अन्तर्गत विभागमा राष्ट्रिय खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन सम्बन्धि सिष्टम लागू गरेर ७५३ वटा नै स्थानीय पालिकाहरुको वास प्लान र वासका डेटा त्यसमा इन्ट्री गर्ने काम   गरिरहेको छ।

    जुन झन्डै ६ सय पालिकामा पुग्न लागेको अवस्था छ भने झन्डै ३ सय जतिले वास प्लान बनाउन शुरु गरिसकेको छ । त्यसमा पनि जेसीको इन्फरमेशन आउनुप¥यो । जसले गर्दा महिलालाई, डिस्एवलहरुलाई पुगेको छैन त ? भन्ने कुरालाई ध्यानमा राखेर त्यो कार्य शुरु गरेका छौँ । त्यस्तै गरेर पब्लिक ट्वाईलेटहरु बनाउँदा जेसी फ्रन्ड हुनुपर्छ भनेर भनिराखेका छौ ।

    कतिपय कुरामा अहिले तीन तहको सरकार हुँदाखेरी ठूलाठूला आयोजनाहरु संघले गर्ने, त्यो भन्दा अलि सानो प्रदेशले गर्ने र सानासाना आयोजनाहरु लोकल गोभर्मेन्टले गर्ने गरेको अवस्थामा विभिन्न डोनर पार्टनरहरुसँग मिलेर तीन वटा तहको सरकारको समन्वयमा र लगानीमा हामीेले प्रोजेक्टहरु इम्पिलिमेन्ट गरिराखेका छौँ ।’

    खानेपानी मन्त्रालयले खानेपानी व्यवस्थापनको कामलाई महिलामैत्री बनाउनका लागि प्रदेश र स्थानीय सरकारसँग पनि सहकार्य गरिरहेको पनि दाबी गरेको छ ।