शुक्रवार , चैत्र ६, २०८२
काठमाडौं, ६ चैत । गाजा शहरको पुरानो शहरमा रहेको ग्रेट ओमारी मस्जिदको पुस्तकालयको छतमा एउटा ठूलो प्वाल छ ।
त्यही प्वालबाट सूर्यको किरण भित्र छिर्छ र भग्नावशेषमुनि दबिएका, जलेका र च्यातिएका पुस्तकहरूको थुप्रोलाई उज्यालो बनाउँछ । ७ अक्टोबर २०२३ मा इजरायल–प्यालेस्टाइन द्वन्द्व शुरु हुनुअघि यो पुस्तकालय साहित्य, इतिहास, चिकित्सा र कानूनका पुस्तकहरूको ठूलो भण्डार थियो । यहाँ विद्यार्थी, अनुसन्धानकर्ता र सम्पदा प्रेमीहरूको घुइँचो लाग्ने गथ्र्यो ।
आज, यो हल भग्नावशेषमा परिणत भएको छ । तर स्वयंसेवकहरू र सम्पदा कार्यकर्ताहरूले जीवित रहेका पुस्तकहरू र पाण्डुलिपिहरू उद्धार गर्न एउटा विशेष अभियान शुरु गरेका छन् ।
ग्रेट ओमारी मस्जिद गाजा पट्टीको सबैभन्दा ठूलो र पुरानो मस्जिदहरूमध्ये एक हो । जुन लगभग ४,१०० वर्ग मिटरमा फैलिएको छ । यसको पुस्तकालयमा करिव २० हजार पुस्तक र पाण्डुलिपिहरू थिए ।
तर प्रारम्भिक मूल्याङ्कन अनुसार डिसेम्बर २०२३ को बमबारीपछि मात्र ४ हजार जति पुस्तकहरू उद्धार वा पुनस्र्थापना गर्न सकिने अवस्थामा छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
