शुक्रवार , चैत्र ६, २०८२
काठमाडौं, ६ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार इरानमा सेना नपठाउने बताउनुभएको छ ।
अमेरिका–इजरायल र इरानबीचको युद्ध चर्किँदै गएको बेला उनले यस्तो टिप्पणी गर्नुभएको हो । ह्वाइट हाउसमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीसँगको भेटका क्रममा ट्रम्पले यो कुरा बताउनु भयो ।
फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमा ठूलो मात्रामा आक्रमण शुरु गर्नुभएको थियो । जसले विश्वव्यापी ढुवानीमा बाधा पु¥याएको छ, तेलको मूल्य बढाएको छ र विश्व अर्थतन्त्रलाई हल्लाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
