२०८२, चैत्र ६ गते

Mar 20 2026 | २०८२, चैत्र ६ गते

दुर्गा मोडेल एकेडेमीमा शुभकामना आदानप्रदान तथा बिदाई कार्यक्रम

शुक्रवार , चैत्र ६, २०८२

  • 205
    Shares
  • 205
    Shares
  • भैरहवा, ६ चैत । रुपन्देहीको सियारी गाउपालिका–२ चंठास्थित दुर्गा मोडल एकेडेमीमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई कक्षा ९ का विद्यार्थीहरूले बुधबार एक कार्यक्रमकाबीच बिदाई गरेका छन् । कक्षा ९ का विद्यार्थी माया बरईको अध्यक्षता तथा सियारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुधिर पौडेलको प्रमुख आतिथ्यतामा कक्षा १० का विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै बिदाई गरिएको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले अनुशासन, निरन्तर मेहनत र सकारात्मक सोचले मात्र सफलता हासिल गर्न सकिने बताउनुभयो । उहाँले आगामी माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षालाई आत्मविश्वासका साथ सामना गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।

    त्यस्तै विद्यालयका प्रधानाध्यापक सुरेश कुमार बरईले विद्यालयले सधै आफ्ना विद्यार्थीको प्रगतिमा गर्व गर्ने बताउनुभयो । उहाँले चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सुझाव दिनुभयो ।
    विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकृष्ण बरईले आयोजक विद्यार्थीहरूको प्रयासको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा नेतृत्व, सहकार्य र सिर्जनशीलता विकास गर्न मद्दत पुग्ने बताउनुभयो ।

    लेखा शिक्षक केशव यादवले सकारात्मक सोच, निरन्तर प्रयास र दृढ संकल्प नै सफलताको आधार भएको उल्लेख गर्नुभयो । शिक्षक मदन बरईले कार्यक्रमले विद्यार्थी र अभिभावकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन शिक्षक प्रदिप कुमार सक्सेनाले गर्नुभएको थियो ।

    कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले शिक्षा मात्र नभइ संस्कार र आत्मविश्वास विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै खुशी व्यक्त गरेका थिए ।

    4854bb78-a65a-4bf2-b94a-a07806a865c5.jfif

    विद्यार्थीहरूले विद्यालयमा बिताएका दिनहरू जीवनभर सम्झनलायक रहने बताउँदै शिक्षक र साथीहरूप्रति कृतज्ञता व्यक्त गरेका थिए । कार्यक्रममा नृत्य, गीत तथा नाटकले प्रस्तुत गरिएको थियो । कक्षा ९ का विद्यार्थीहरूको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।