२०८३, बैशाख ३ गते

Apr 16 2026 | २०८३, बैशाख ३ गते

रुपन्देही क्याम्पसमा वृक्षरोपण

बुधवार , चैत्र ४, २०८२

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, ४ चैत । भैरहवा तेक्वान्दो क्लब र रुपन्देही क्याम्पसको संयुक्त आयोजनामा भैरहवास्थित रुपन्देही क्याम्पस परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न प्रजातिका गरी एकसय थान फूल तथा बोटबिरुवा रोपिएको आयोजकले जनाएका छन् ।

    कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा विरुवा रोप्दै वातावरणीय सन्तुलन कायम गर्न वृक्षारोपणको महत्त्वबारे जागरण फैलाउने प्रयास गरेका थिए । पछिल्लो समय बढ्दो वातावरणीय प्रदूषण र हरित क्षेत्रको कमीलाई ध्यानमा राख्दै यस्ता कार्यक्रम आवश्यक रहेको वक्ताहरूले बताए ।

    कार्यक्रममा क्याम्पस प्रमुख मन्जु खनालले वृक्षरोपण जस्ता कार्यक्रमले वातावरण संरक्षणमा ठोस योगदान पुर्याउने विश्वास व्यक्त गर्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । कार्यक्रम संयोजक विशाल बस्नेतले युवा पुस्तालाई वातावरणप्रति जिम्मेवार बनाउन वृक्षारोपणलाई अभियानकै रूपमा अगाडि बढाइएको जानकारी दिनुभयो । 

    भैरहवा तेक्वान्दो क्लबका अध्यक्ष एकनारायण अर्याल (विष्णु) ले खेलकुदसँगै सामाजिक उत्तरदायित्वलाई समेत क्लबले प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि वातावरण संरक्षण, स्वास्थ्य सचेतना तथा सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    क्लबका कोषाध्यक्ष दीपक न्यौपानेले कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको र आगामी दिनमा पनि यस्ता सामाजिक तथा वातावरणीय कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।
    बसन्तमणि पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, तेक्वान्दो प्रशिक्षक तथा खेलाडीहरूको सहभागीता थियो ।

    कार्यक्रममा सहभागीहरूले वृक्षारोपणले वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुर्याउने भएकाले प्रत्येक व्यक्तिले कम्तीमा एउटा विरुवा रोप्नुपर्ने धारणा राखेका थिए ।