२०८२, चैत्र ४ गते

Mar 18 2026 | २०८२, चैत्र ४ गते

निर्वाचन सफल पारेकोमा प्रधानमन्त्री कार्कीद्वारा नेकपालाई धन्यवाद ज्ञापन

बुधवार , चैत्र ४, २०८२

  • 271
    Shares
  • 271
    Shares
  • काठमाडौं, ४ चैत । प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन सफल पार्न महत्वपूर्ण भुमिका खेलेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई धन्यवाद दिनुभएको छ ।

    प्रधानमन्त्री कार्कीको निमन्त्रणामा नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायतको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेको हो ।

    भेटका क्रममा निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । छलफलका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचनमा भाग लिएर शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट मुलुकलाई निकास दिन सहयोगी भुमिका खेलेकोमा नेकपाका नेताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।