२०८२, चैत्र ३ गते

Mar 17 2026 | २०८२, चैत्र ३ गते

रास्वपाले नवनिर्वाचित सांसदहरूका लागि आजदेखि अभिमुखीकरण सुरु गर्दै

मंगलवार , चैत्र ३, २०८२

  • 217
    Shares
  • 217
    Shares
  • काठमाडौं,  ३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण आजदेखि सुरु गर्दै छ ।

    ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा रास्वपाका नवनिर्वाचित सांसदलाई दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको   छ ।

    नेपाली जनताले राखेको परिवर्तन, सुशासन, पारदर्शिता र उत्तरदायी नेतृत्वको अपेक्षालाई सार्थक बनाउन सांसदहरूलाई प्रभावकारी, जिम्मेवार र परिणाममुखी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ।