२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

काशीमा कक्षा १० का विद्यार्थीलाई बिदाईसहित शुभकामना

आइतवार , चैत्र १, २०८२

  • 877
    Shares
  • 877
    Shares

  • भैरहवा, २ चैत । काशी नोबल एकेडेमी सिद्धार्थनगरका कक्षा ९ का विद्यार्थीले १० का विद्यार्थीलाई बिदाईसहित शुभकामना व्यक्त गरेका छन । २०८२ सालको एसईई परीक्षामा संलग्न हुने १०८ जना विद्यार्थीलाई एक समारोहको आयोजना गरी शुभकामना दिइएको हो ।

    कक्षा ९ का विद्यार्थी प्रयुस पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलताको शुभकामना दिनुभएको थियो । उहाँले विद्यार्थीलाई अध्ययन गर्दा र परीक्षामा सहभागी हुँदा ध्यान दिनुपर्ने कुराहरुका बारेमा पनि चर्चा गर्नुभएको थियो । 

    कार्यक्रममा विशिष्ट अतिथि विद्यालयका सहायक प्राचार्य श्री रायमाझी, विद्यालय संयोजक निर्मल हुमागाई,  शिक्षक डिलाराम पाण्डे, विरेन्द्र यादव, सुरेश पाण्डे, कक्षा १० का विद्यार्थी यान्सुमा प्रधान, आर्यन भण्डारी, संस्कृति गुप्ता, ऋतिका गिरी लगायतले आ–आफ्नो अनुभव सुनाउनुभएको थियो ।  

    कार्यक्रममा स्टुडेण्ट अफ द इयर २०८२ बाट कक्षा १० का विद्यार्थी आर्यन भण्डारी छानिएको शिक्षक तेज प्रसाद पन्थले बताउनुभयो । कक्षा १० मा अध्ययनरत विद्यार्थीमध्ये एकदिन पनि अनुपस्थित नहुने १७ जना विद्यार्थीलाई रेगुलर स्टुडेन्ट अवार्डबाट सम्मान गरिएको थियो । विद्यालयबाट एसईईमा सहभागी हुन्सबै विद्यार्थीलाई मायाको चिनोले सम्मान गरिएको पिद्यालयले जनाएको छ । 

    कक्षा ९ का छात्र शिवम जयसवालको स्वागतमा भएको कार्यक्रममा इसान आचार्य, आइसा फतिमा, निर्भयध्वज राणा, अनुष्का पासवानले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।