२०८२, चैत्र १ गते

Mar 15 2026 | २०८२, चैत्र १ गते

राप्रपाको समानुपातिक सांसदमा रुपन्देहीका ताहिर अलीसहित चारजना सिफारिस

आइतवार , चैत्र १, २०८२

  • 592
    Shares
  • 592
    Shares
  • भैरहवा, १ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फका चारजना उम्मेदवारको नाम टुंगो लागेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले पाएको चार सिटका लागि समानुपातिकतर्फको नाम टुंगो लगाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनभयो । 

    समानुपातिकमा अटाउनेहरुमा खस आर्य पुरुषतर्फ भरत गिरी, मुस्लिम पुरुषतर्फ ताहिर अली, खसआर्य महिलातर्फ खुस्बु ओली र जनजाति महिलाबाट सरस्वती लामा रहनुभएको छ ।

    रुपन्देही निवासी ताहिर अली राप्रपाको सहायक महामन्त्री समेत हुनुहुन्छ ।