२०८३, बैशाख २४ गते

May 07 2026 | २०८३, बैशाख २४ गते

लुम्बिनी प्रदेशका एमाले सांसद डाँगीले दिए राजीनामा 

बुधवार , बैशाख २२, २०७८

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • बुटवल। लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अमर बहादुर डांगीले पदबाट राजीनामा दिएका छन्। एकाले तर्फ सांसद डाँगीले आज प्रदेश सभा सचिवालयमा राजीनामा दिएका हुन्। 
    डांगी मुख्यमन्त्री शंकर पोखरेलको निर्वाचन जिल्ला दाङको निर्वाचन क्षेत्र नम्बर २ ख बाट निर्वाचित भएका थिए। एमाले नेता शंकर पोखरेल दोश्रो पटक मुख्यमन्त्री भएपछि भएको मन्त्री मण्डलमा दाङलाई उपेक्षा गरेका कारण उनले राजीनामा दिएको बुझिएको छ। 
    सांसद पदबाट राजीनामा दिएका डाँगी माओवादी केन्द्रमा प्रबेश गर्ने तयारी गरेका छन्। उनले माओवादी केन्द्रमा स्वागत गरिने माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले जानकारी दिए। 
    यस अघि कपिलबस्तुबाट एमालेबाट निर्वाचन जितेका सांसद दृघनारायण पाण्डेयले पनि सांसदबाट राजीनामा दिएका थिए। उनी नेपाली कागे्रसमा प्रबेश गरेका छन्। दाङबाट उपनिर्वाचन लडेर निर्वाचन जितेकी बिमला कुमारी खत्री पनि माओवादी केन्द्रमा प्रबेश गरेकी छन्। 
    यो सङगै लुम्बिनी प्रदेशमा एमालेको सांसद सङख्या घटेर ३८ मा झरेको छ। ८७ सांसद रहेको लुम्बिनी प्रदेश सभा ७९ मा झरेको छ। माओवादी केन्द्रका २ जना र जसपाका ४ जना सांसद निलम्बनमा परेका छन्।