शुक्रवार , फाल्गुण २२, २०८२
भैरहवा, २२ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कन्हैया बनिया अग्रगतामा आउनुभएको छ । गणना भएको २७ हजार ९ सय ४ मतमा रास्वपाका बनियाले १२ हजार ३ सय ६२ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का प्रमोद कुमार यादवले १२ हजार ३ सय ४९ मत प्राप्त गर्नुभएको छ । यादव भन्दा बनिया १३ मतले अघि हुनुहुन्छ ।
तेस्रोमा नेपाली काँग्रेसका आशुतोष मिश्रले १० हजार ५ सय ८५ मत प्राप्त गर्नुभएको छ । चौथोमा जनता समाजवादी पार्टी (जसपा), नेपालका सर्वेन्द्रनाथ शुक्लाको २ हजार ३ सय ८५ मत छ । जनमत पार्टीका भोपेन्द्र प्रसाद यादवको ९ सय ७७ मत छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म २ हजार ३ सय ३४ मत बदर भएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij