२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

एकैरातमा चारजना कोरोना संक्रमितको मृत्यु

बुधवार , बैशाख २२, २०७८

बुटवल, २२ वैशाख । 
बुटवलमा एकैरातमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित कारोना विशेष अस्पतालमा गएराती ४ जना संक्रमितको मृत्यु भएको हो । अस्पतालका अनुसार वैशाख १५ गते भर्ना भएका बुटवल १२ का ४७ वर्षिय पुरुषको गएराती १० बजे मृत्यु भएको थियो भने आज बिहानै १ घण्टाकाबीचमा ३ जनाको मृत्यु भएको छ । 

१९ गते अस्पताल भर्ना भएकी कञ्चन गाँउपालिका ४ की २७ वर्षिय महिलाको बिहान ५ः४५ बजे मृत्यु भएको छ भने १८ गते भर्ना भएकी बुटवल ९ की ५४ वर्षिया महिलाको बिहान ६ः२५मा मृत्यु भएको छ । 

त्यसै गरी बिहिबार भर्ना भएकी तिलोत्तमा ४ की ४० वर्षिया महिलाको बिहान ६ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्संन डा. सुदर्शन थापाले बताए ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ ।