२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

अर्घाखाँचीमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

मंगलवार , बैशाख २१, २०७८

अर्घाखाँची, २१ वैशाख ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित जिल्लामा हाल सक्रिय कोरोना संक्रमितको संख्या २ सय २९ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । 

जसअन्तर्गत सन्धिखर्क नगरपालिकामा १ सय २७, भुमिकास्थान नगरपालिकामा ७४, शितगंगा नगरपालिकामा १४, मालारानी गाउँपालिकामा १७, पाणिनी गाउँपालिकमाा ८ र छत्रदेव गाउँपालिकामा १६ जना सक्रिय संक्रमित रहेको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमिको संख्या १ हजार ५६ पुगेको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ६ जना संक्रमित डिस्चार्ज भएसंगै हालसम्म ८ सय १ जना निको भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा मालारानी गाउँपालिकामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म जिल्लामा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।