२०८२, फाल्गुण १८ गते

Mar 02 2026 | २०८२, फाल्गुण १८ गते

पाकिस्तानमा अमेरिका–विरोधी प्रदर्शनमा २० को मृत्यु

सोमवार , फाल्गुण १८, २०८२

  • 205
    Shares
  • 205
    Shares
  • काठमाडौं, १८ फागुन । पाकिस्तानमा आईतवार अमेरिका–विरोधी प्रदर्शनका क्रममा २० जनाको मृत्यु भएको छ ।

    अन्य १०० भन्दा बढी घाइते भएका छन् । कराचीमा प्रदर्शनकारीहरूले अमेरिकी वाणिज्य दुतावास बाहिर प्रहरीसँग झडप गरेका थिए । प्रदर्शनकारीहरू दुतावास परिसरभित्र प्रवेश गर्न खोजेपछि सुरक्षा बलले कारबाही गरेको रेस्क्यु ११२२ सिन्धकाअनुसार बताइएको छ ।

    घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा पु¥याइएको छ, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको रेस्क्यु ११२२ सिन्धका प्रवक्ता हसन उल हसीवले बताउनु भयो ।

    अमेरिकी दुतावास इस्लामाबादले विज्ञप्ति जारी गर्दै कराची र लाहोरका वाणिज्य दुतावासहरू तथा इस्लामाबादको दुतावास र पेशावरको वाणिज्य दुतावासमा सम्भावित प्रदर्शनहरूको निगरानी गरिरहेको जनाएको छ ।

    यसले पाकिस्तानमा रहेका अमेरिकी नागरिकहरूलाई स्थानीय समाचारहरूको निगरानी गर्न, आफ्नो वरपर सजग रहन, भीडभाडबाट टाढा रहन र दर्ता अद्यावधिक राख्न सल्लाह दिएको छ ।

    यी प्रदर्शनहरू इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको हत्या पछिको प्रतिक्रियाका रूपमा भएका हुन् । शनिवार अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणमा तेहरानमा खामेनेईको हत्या भएको थियो ।

    लाहोरमा सयौं कार्यकर्ताहरू अमेरिकी वाणिज्य दुतावास बाहिर जम्मा भएका थिए । जहाँ प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । इस्लामाबादमा अधिकारीहरूले सेक्सन १४४ लागू गरेका छन् ।

    जसले सबै प्रकारका भेलाहरूमा प्रतिवन्ध लगाएको छ र उल्लङ्घनकर्ताहरूमाथि कडा कानूनी कारबाही गर्ने चेतावनी दिएको छ ।