सोमवार , फाल्गुण १८, २०८२
काठमाडौं, १८ फागुन । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको काकिनाडा जिल्लामा एक पटाका उत्पादन गर्ने कारखानामा भीषण विस्फोट हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।
विस्फोट भएको स्थान वेटलापालेम गाउँ (समार्लकोटा मण्डल) मा रहेको सूर्या श्री फायरवक्र्स नामक कारखाना हो । मृतकमध्ये केही महिला पनि थिए । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । जसमध्ये केहीको अवस्था गम्भीर छ । मिडिया रिपोर्टकाअनुसार घटना हुँदा करिव ३५ देखि ४० जना कामदारहरू विस्फोटक पदार्थ मिसाएर पटाका बनाइरहेका थिए ।
विस्फोट यति शक्तिशाली थियो कि धेरै किलोमिटर टाढासम्म आवाज सुनिएको थियो । धेरै शवहरू जलेर चिन्न नसक्ने अवस्थामा पुगेका थिए । कारखानाको मालिक अदबाला श्रीनिवास पनि मृतकमा परेका छन् ।आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडुले मृतकका परिवारलाई प्रतिव्यक्ति २० लाख रुपैयाँ राहत घोषणा गरेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शोक व्यक्त गर्दै समवेदना प्रकट गर्नुभयो । यस्ता घटनाहरू पटाका कारखानामा सुरक्षा मापदण्डको उल्लंघन र लापरबाहीका कारण बारम्बार हुने गरेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij