२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

फुटसल टुर्नामेन्ट प्रतियोगिता सम्पन्न

सोमवार , फाल्गुण १८, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, १८ फागुन । काशी नोबल एकेडेमी सिद्धार्थनगर नगरपालिका–१२, रुपन्देहीको आयोजनामा बिहीबार जिल्लास्तरीय फुटसल टुर्नामेन्ट प्रतियोगिता सम्पन्न भएको छ । 
    प्रतियोगितामा काशी नोबल एकेडेमीको बी टीम प्रथम भएको छ । त्यसै गरी नमूना बोर्डिङ स्कूल दोस्रो र काशीकै ए टीम तेस्रो भएको छ । 

    जिल्लाभरीबाट ८ वटा टीमको सहभागीता रहेको प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार, दोस्रो पुरस्कार १० हजार र तेस्रो पुरस्कार ५ हजारसहित मेडल, ट्रफी र सर्टिफिकेट प्रदान गरिएको थियो । 

    काशी नोबल एकेडेमी सञ्चालक समितिका अध्यक्ष टोप बहादुर रायमाझीको अध्यक्षतामा भएको टुर्नामेन्टमा प्रमुख अतिथि प्याब्सन सिद्धार्थनगरका अध्यक्ष एवं रुपन्देही क्रिकेट संघका कार्यसमिति सदस्य उदय कुमार मल्लिकले उद्घाटन गर्नुहुँदै विजयी खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुभएको थियो । 

    विद्यालयका सहायक प्राचार्य श्री रायमाझीको स्वागतमा भएको कार्यक्रममा शिक्षक हरि प्रसाद आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रम संयोजक दीपक काफ्लेले बताउनुभयो । 

    643773927_1499218068880008_1739777880928351926_n.jpg