२०८२, फाल्गुण ११ गते

Feb 23 2026 | २०८२, फाल्गुण ११ गते

चुनावी प्रचारप्रसारमा व्यस्त जसपा नेपाल उम्मेदवार खाँन

सोमवार , फाल्गुण ११, २०८२

  • 241
    Shares
  • 241
    Shares
  • भैरहवा । जनता समाजवादी पार्टी नेपाल, रुपन्देही क्षेत्र नम्बर एकका उम्मेदवार असलम खाँनले चुनावी प्रचार प्रसारलाई तिव्र पार्नु भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मिति नजिकदै गर्दा रुपन्देही एकमा जसपा नेपालका उम्मेदवार खाँनले क्षेत्रका बिभिन्न वडाहरुमा घुम्दै चुनावी प्रचार प्रसारलाई तिव्र बनाउनु भएको हो । 

    उहाँले क्षेत्र नम्बर एकमा अधुरा रहेका बिकास निर्माणका कामलाई पुर्णता दिनेदेखि शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था मिलाउने बताउनु भयो । जनतासंग मत माग्दै उम्मेदवार खाँनले कृषि क्षेत्रमा देखिएको समस्या समाधान र कृषकलाई मलखाद र विउविजनको व्यवस्थापनका लागि आफुले बलियो गरी आवाज उठाउने बताउनु भयो । 

    उहाँले बुद्धको मावली क्षेत्र देवदहको पर्यटकिय बिकास देखि स्थानिय उद्योगहरुमा रोजगारीको प्रबन्ध मिलाउने सम्मको योजना रहेको बताउनु भएको छ । जनता समाजवादी पार्टी, नेपालले ‘पहिचानसहितको संघीयता, समावेशी शासन र सामाजिक न्याय’ लाई केन्द्रीय मुद्दाका रूपमा अघि सारेको उम्मेदवार खाानले जानकारी दिनुभयो । 

    aslam.jpg

    संघीयता कार्यान्वयन प्रभावकारी नभएकाले प्रदेश र स्थानीय तहको अधिकार सुनिश्चित गर्न आफ्‌नो पहल रहने उहाँको भनाई छ । आर्थिक क्षेत्रतर्फ कृषिको आधुनिकीकरण, सिँचाइ विस्तार, सीमावर्ती क्षेत्रको व्यापार प्रवद्र्धन तथा युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने कार्यक्रम अघि सारिएको उहाँको भनाई छ ।

    शिक्षा र स्वास्थ्यमा समान पहुँच तथा पिछडिएका समुदायलाई विशेष अवसर उपलब्ध गराउने नीति पार्टीले लिएको उम्मेदवार खाँनले बताउनु भयो ।