आइतवार , फाल्गुण १०, २०८२
भैरहवा, १० फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव फागुन ११ गते सोमबार (भोली) रुपन्देही आउनुहुने भएको छ । जसपा नेपाल प्रचार प्रसार समिति रुपन्देहीको आयोजनामा भोली क्षेत्र नम्बर ४ अन्तर्गत कोटहीमाई गाउँपालिका–७ स्थित परसहवा बजारमा हुने आम सभालाई सम्बोधन गर्न यादव रुपन्देही आउनुहुने भएको हो ।
आम सभा बिहान ११ बजेदेखि सुरु हुने जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवले बताउनुभयो । सभामा अध्यक्ष यादवसहित नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij