शनिवार , फाल्गुण ९, २०८२
भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति मतदाताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ । रास्वपाका प्रत्यक्ष तर्फका उम्मेदवार डा.लेखजंग थापा सहित समानुपातिक उम्मेदवारहरु ज्ञानु पौडेल तथा पुनमकुमारी अग्रवाल सहित पार्टीका नेता तथा कार्यकर्ताहरुले गरेको घरदैलोमा मतदाताले उत्साह देखाएका छन् ।
पछिल्ला दिनमा भइरहेको घरदैलो अभियानले चुनावी माहोल तताउँदै लगेको छ भने नयाँ विकल्पको खोजीमा रहेका मतदाता रास्वपातर्फ झुक्दै गएको संकेत मिलेको पार्टीले जनाएको छ । पार्टीका उम्मेदवार डा.थापाले यतिबेला रुपन्देही क्षेत्र नम्बर ३ अन्तरग बिभिन्न टोलबस्तीमा पुगेर मतदातासँग आफ्ना योजना बताउदै मत मागिरहनु भएको छ।
घरदैलोका क्रममा स्थानीयले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक पूर्वाधार र सुशासनका विषयलाई प्रमुख प्राथमिकतामा राख्न आग्रह गरेका छन् । मतदाताले पुराना दलप्रति बढ्दो निराशाबीच वैकल्पिक शक्तिलाई अवसर दिन चाहेको प्रतिक्रिया दिएका छन् । “हामीलाई काम गर्ने प्रतिनिधि चाहिएको छ, भाषणबाट हामी आजित बनिसक्यौ, अब भाषण गर्ने होईन, काम गर्ने युवा प्रतिनिधि चाहिएको हो,” सिद्धार्थनगर नगरपालिका ३ का लक्ष्मण भण्डारीले भन्नुभयो, “यसपटक परिवर्तनको पक्षमा उभिन्छौं ।”
यस्तै, मायादेवि गाउँपालिका ८ का कुलप्रसाद काफ्ले जनताको भावना अनुसार काम गर्ने व्यक्तिलाई अहिलेको निर्वाचनमा बिजयी बनाउने बताउनु भयो । हामी २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको पर्खाइमा छौं, जनता परिवर्तनको पक्षमा रहेकाले हामीले पनि यसपटक बिगतको मन र मत दुबै बदल्ने सोच बनाएका हौं, उहाँले भन्नुभयो( बिगतका निर्वाचनमा जस्तो दलहरुको छलकपट यस पटक जनताले स्वीकार गर्दैनन् ।
रुपन्देही ३ शहर र ग्रामिण बस्ती मिसिएको क्षेत्र हो । रुपन्देही ३ मा बजार एरियादेखि कृषिको व्यापक संभावना भएको क्षेत्र हो । यहाँका मतदाताले मल–बीउको समस्या, सिँचाइ र बजार सुनिश्चितताको विषयमा स्पष्ट योजना माग गरेका छन् । महिला समूहले सुरक्षित मातृत्व सेवा, सीपमूलक तालिम र साना उद्यम प्रवद्र्धनमा जोड दिन आग्रह गरेका छन् ।
रास्वपा उम्मेदवार डा. थापाले आफू विकास, पारदर्शिता र जवाफदेहिताको एजेन्डा लिएर मैदानमा उत्रिएको बताउनु भयो । उहाँले आफ्नो पहिलो एजेण्डा सुशासन भएको बताउदै त्यसपछि क्रमिक बिकासमा लाग्ने बताउनु भयो ।
“रुपन्देही–३ लाई नमूना निर्वाचन क्षेत्र बनाउने योजना छ,” उहाँले भन्नुभयो, “नीतिगत सुधार, भ्रष्टाचार नियन्त्रण र स्थानीय सम्भावनाको उपयोगमार्फत दीर्घकालीन विकासको आधार तयार गर्छौ ।”
रुपन्देही–३ मा युवा मतदाताको संख्या उल्लेख्य रहेको छ । यहाँका युवाहरुको आकर्षण नयाँ दलप्रति रहेको बताएका छन् । सिनपा ६ का सुनिल यादवले भन्नुभयो सामाजिक सञ्जालको सक्रिय प्रयोग, प्रत्यक्ष संवाद र मुद्दा–केन्द्रित अभियानले मलाई रास्वपाप्रतिको झुकाब बढेको हो ।
चुनावी माहोल तात्दै जाँदा रुपन्देही–३ मा प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ । विशेषगरी युवा, शिक्षित वर्ग तथा वैदेशिक रोजगारीबाट फर्किएका मतदाताबीच नयाँ राजनीतिक विकल्पको खोजी तीव्र बन्दै गएकोले यहाँको निर्वाचन रोचक बन्दै गएको हो ।
उम्मेदवारहरु स्थानिय मतदातालाई आफ्नो पक्षमा पार्न मेहनत गरिरहदा युवाहरुले जेन जीहरुको भावना अनुरुप नयाँ र युवा उम्मेदवारलाई रोज्ने बताएका छन् ।
रुपन्देही ३ का निर्वाचन परिचालन समितिका ईन्चाज नारायण भण्डारीले रास्वपाले रुसपन्देहीमा सहज रुपमा जित निकाल्ने बताउनु भयो । क्षेत्रभित्र घरदैलो गर्ने क्रममा मतदाताले दखाएको उत्साह र समर्थनले हामीलाई निकै खुसी बनाएको ईन्चार्ज भण्डारीको भनाई छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij