२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

प्रधानमन्त्री शुसिला कार्कीद्वारा निर्वाचन शुरक्षा बलियो बनाउन निर्देशन

शनिवार , फाल्गुण ९, २०८२

  • 232
    Shares
  • 232
    Shares
  • रुपन्देही । प्रधानमन्त्री शुसीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्ने गरी शुरक्षा व्यवस्था थप बलियो बनाउन शुरक्षा अधिकारीहरुलाई निर्देशन दिनु भएको छ । 

    प्रधानमन्त्री कार्कीले बुटवलमा आयोजित लुम्बिनी प्रदेशका शुरक्षा अधिकारीहरुसंग शुरक्षा अबस्थाबारे जानकारी दिदै निर्वाचनलाई शान्तिपुर्ण र भयरहित बनाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो । 

    निर्वाचनको मिति नजिकदै जाँदा देशका केहि ठाँउमा छिटपुट घटना हुने क्रम बढेपछि प्रधानमन्त्री कार्कीले शुरक्षा अबस्थाबारे चासो लिदै चुनाव बिथोल्न खोज्नेहरुको पहिचान गर्दै निर्वाचन केन्द्रित शुरक्षामा केन्द्रित रहन निर्देशन दिनुभयो । 

    प्रधानमन्त्री कार्कीले पार्टीमा लाभ लिनका लागि केहि तत्वले निर्वाचन बहिस्कार गर्ने हल्ला गर्ने गरेको बताउनु हुदैं यस्ता समुहको कडा नियरानी गर्नुभयो । 

    IMG_1804.JPG

    प्रधानमन्त्री कार्कीले लुम्बिनी प्रदेशको समग्र शुरक्षा अबस्थाबारे जानकारी लिनुभएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रिसहित लुम्बिनी प्रदेश प्रहरी प्रमुख भुपेन्द्र खत्रि, नेपाली सेनाका पृतनापति हिम्मत बहादुर बिष्ट, रुपन्देही, कपिलबस्तु, नवलपरासी बर्दघाट सुस्ता पश्चिम र पाल्पाका प्रमुख जिल्ला अधिकारी तथा अन्य शुरक्षा अधिकारीको सहभागिता रहेको थियो । 

    शुरक्षा अधिकारीहरुसंगको शुरक्षा बैठक पछि प्रधानमन्त्री कार्की बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणमा जानु भएको छ।