२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

‘न्यूरो उपचारका लागि क्रिमसन अस्पतालको फड्को’

शनिवार , फाल्गुण ९, २०८२

  • 229
    Shares
  • 229
    Shares
  • भैरहवा, ९ फागुन । यस क्षेत्रमा गम्भिर न्यूरो समस्या देखिएमा हेलिकोप्टर या एयर एम्बुलेन्समार्फत काठमाण्डौं लगेर उपचार गर्नुपर्ने बाध्यता छ । रुपन्देहीको तिलोत्तमाको मणिग्रामस्थित क्रिमसन अस्पतालमा अब गम्भिर प्रकृतिका न्यूरो समस्या नेपालका प्रतिष्ठित र सिनियर न्यूरो विशेषज्ञ तथा अन्नपूर्ण न्यूरो अस्पतालका संस्थापक डा.बसन्त पन्तको टीम क्रिमसन अस्पतालमै आएर उपचार सेवा दिनु हुने भएपछि अब त्यो बाध्यता हट्ने देखिएको छ । 

    ‘क्रिमसन अस्पताल र अन्नपूर्ण न्यूरो अस्पतालबीच न्यूरो सेवा उपलब्ध गराउने सम्झौता भएकाले आवश्यकता अनुसार मेरो टीमले सेवा दिन्छ– डा.पन्तले भन्नुभयो–‘यस क्षेत्रका बिरामीको सुविधाको लागि यहीबाट सेवा दिन थालिएको हो ।’ डा.पन्त नेपालका अग्रणी न्यूरो सर्जन हुनुहुन्छ । लुम्बिनी प्रदेशका बिरामीलाई गम्भीर न्यूरो समस्या पर्दा उपचारका लागि काठमाण्डौं या भारतमा जानुपर्ने बाध्यता छ । डा.पन्तसहितको विशेषज्ञ टीमले गत विहिबारदेखि क्रिमसन अस्पतालमा न्यूरो समस्या भएका बिरामीको चेकजाँच गरिरहेको छ । 

    क्रिमसन अस्पतालसँग न्यूरो सेवा उपलब्ध गराउने सम्झौता भएसँगै अन्नपूर्ण न्यूरो अस्पतालबाट न्यूरो विशेषज्ञले मणिग्रामबाटै बिरामी चेकजाँच गरिरहनु भएको छ । न्यूरो समस्यासँग सम्बन्धित उपचारका लागि मोडुलर अपरेशन थ्रिएटर, माईक्रोस्कोपलगायतका अन्य आवश्यक उपकरणहरु क्रिमसन अस्पतालमा उपलब्ध छन् । अन्नपूर्ण न्युरो अस्पतालका चिकित्सकहरुले यहीबाट बिरामीको परीक्षण तथा आवश्यकता अनुसार शल्यक्रिया गर्नुहुनेछ ।

    ‘गुणस्तरीय स्वास्थ्य सेवा सहज उपलब्धता, दक्ष जनशक्ति उत्पादन हाम्रो प्रतिबद्धता’ भन्ने मूल मन्त्रका साथ क्रिमसन कलेज अफ टेक्नोलोजीद्वारा स्थापना भएको क्रिमसन अस्पताल पश्चिम नेपालमै अत्याधुनिक सुविधासम्पन्न र गुणस्तरीय सेवा प्रदान गर्दै आएको निजी क्षेत्रको पहिलो अस्पताल हो । वि.सं २०६८ सालदेखि सञ्चालनमा आएको यो अस्पताल २०७५ सालदेखि स्तरोन्नति गरी १ सय बेड क्षमतामा गुणस्तरीय विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ ।

    न्युरो विशेषज्ञसहित क्रिमसन अस्पतालमा लामो अनुभव प्राप्त र दक्ष हाड जोर्नी तथा नशारोग विशेषज्ञ, जनरल तथा ल्याप्रोस्कोपी सर्जन, युरो सर्जरी, जनरल फिजिसियन, नाक, कान तथा घाँटीरोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ, छाला तथा यौनरोग विशेषज्ञ, रेडियोलोजिष्ट, स्त्री तथा प्रसुति रोग विशेषज्ञ, एनेस्थेसिया तथा सघन उपचार विशेषज्ञ, सिटिभिएस सर्जरी (मुटु, छाती तथा नशा शल्य चिकित्सा), बालरोग बिशेषज्ञ, नशा तथा मनोरोग विशेषज्ञ, मृगौलारोग विशेषज्ञ, छाती तथा फोक्सोरोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ, प्याथोलोजिष्ट लगायतका सिनियर समेत गरी ४० जना चिकित्सक कार्यरत हुनुहुन्छ । १५० भन्दा बढी दक्ष र अनुभवी नर्सिङ्ग स्टाफहरु बिरामीहरुको सेवामा खटिनुभएको छ । 

    अस्पतालमा नेपाल सरकारको विपन्न कार्यक्रम मृगौलाको डायलासिस, मुटुको एन्जियोप्लास्टी, एन्जियोग्राफी, पेसमेकर जस्ता सेवाहरु समेत उपलब्ध छन् ।
    भारतीय दुतावाससँगको सहकार्यमा भारतीय सेनाबाट रिटायर्ड पूर्व सैनिक कर्मचारी तथा उनीहरुका आश्रित परिवारको स्वास्थ्य उपचार सेवा (ईसीएचएस)समेत क्रिमसन अस्पतालमा उपलब्ध छ ।