
सोमवार , बैशाख २०, २०७८
बुुटवल, २० वैशाख ।
कोरोना भाइरसको संक्रमणदर र मृत्यूदर तीव्र गतिसंगै हटस्पट बनेको रुपन्देहीमा १२ घन्टाको अन्तरमा १२ जना नै संक्रमितको मृत्यु भएको छ । आज बुटवलस्थित कोरोना विशेष अस्पतालमा ६ जना र भैरहवास्थित युनिभर्सल मेडिकल कलेज (युसीएमएस) मा ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार आज बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत ६ पुरुषको मृत्यु भएको छ । भैरहवास्थित युनिसर्भसल मेडिकल कलेज भैरहवामा पनि ३ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको युसीएमएसका जनसम्पर्क अधिकृत सुशिल गुरुङले जानकारी दिए ।
योसंगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १७ पुुगेको छ । रुपन्देहीमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ३ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij