२०८२, फाल्गुण ८ गते

Feb 20 2026 | २०८२, फाल्गुण ८ गते

नमुनाले मनायो ३४ औं वार्षिक उत्सव

शुक्रवार , फाल्गुण ८, २०८२

  • 262
    Shares
  • 262
    Shares
  • भैरहवा, ८ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० वेवरीस्थित नमुना इङ्लिस बोर्डिङ् स्कूलले ३४ औं वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न गरेको छ । 
    समारोहमा विद्यालयका प्राचार्य कमल कोइरालाले विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलाप गतिविधिहरुसहितको आगामी दिनको मार्गचित्र समेत प्रतिवेदनको रुपमा प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार विद्यालयले शैक्षिक नतिजाका साथ साथै विद्यार्थीहरुको व्यवहारिक ज्ञान, खेलकुदका साथै अन्य विभिन्न गतिविधिमा समेत उत्कृष्ट प्रदर्शन गरेको छ ।

    समारोहमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तारा प्रसाद छन्तेलले विगत भन्दा यो विद्यालयले शैक्षिक गुणस्तर व्यवहारिक र अतिरिक्त क्रियाकलापमा उल्लेख्य प्रगति हासिल गरेको बताउनुभयो । उहाँले विद्यालयबाहिर पनि यस विद्यालयको सकारात्मक कुराहरु सुन्न पाइएको भन्दै खुसी व्यक्त गर्नुभयो । 

    विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष लिल बहादुर कामुले आगामी दिनमा शैक्षिक गुणस्तर बढाउनका लागि सबैको साथ र सहयोग र सुझावको अपेक्षा गर्नुभयो । उहाँले आफूहरु सदैव संस्था र विद्यार्थीको भविष्यका लागि खटिरहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । 

    समारोहमा शैक्षिक सत्र २०८१ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थी उत्र्तीण गराउन सफल शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो । त्यस्तै विद्यालयले वार्षिक रुपमा गरेका विभिन्न अतिरिक्त क्रियाकलाप, शैक्षिक गतिविधिहरुमा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरुलाई मेडल तथा पुरस्कार प्रदान गरिएको थियो । साथै विद्यार्थीहरुले आफ्नो नृत्य र गायन कलाले मनोरञ्जन गराएका थिए ।

    बिहीबार विद्यालयको प्रांगणमा आयोजित समारोहमा विद्यार्थीहरुले फूड फेस्टिबल (क्याफे) समेत सञ्चालन गरेका थिए । फुड फेस्टिभलमा चार टोली सहभागी थिए । एभरेष्ट क्याफेमा ब्राम्हण तथा क्षेत्री समुदायको, धवलागिरी क्याफेमा मगर समुदायको, मनास्लु क्याफेमा थारु समुदायको र अन्नपुर्ण क्याफेमा नेवारी समुदायका खानाका परिकारहरु रहेको विद्यालयका सहायक प्रिन्सिपल गौतम चौधरीले बताउनुभयो । यस प्रकारको क्याफेहरु सञ्चालनले विद्यार्थीहरुमा व्यवहारी र व्यापारीक दुवै प्रकारको ज्ञान समेत प्राप्त हुने चौधरीले बताउनुभयो ।

    विद्यालय व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष लिल बहादुर कामुको अध्यक्षता, समितिका पूर्वअध्यक्ष तारा प्रसाद छन्तेलको प्रमुख आतिथ्यता, विद्यालयका शिक्षक एवं शेयर सदस्य श्रीधर मास्कीको स्वागत, कक्षा ८ का विद्यार्थी सिवानी सापकोटा र दिनेश सिंजालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको शिक्षिका नारायणी काफ्लेले बताउनुभयो ।