२०८२, फाल्गुण ६ गते

Feb 18 2026 | २०८२, फाल्गुण ६ गते

स्पेनको एक अपार्टमेण्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु

बुधवार , फाल्गुण ६, २०८२

  • 169
    Shares
  • 169
    Shares
  • काठमाडौं, ६ फागुन । उत्तर–पूर्वी स्पेनमा एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

    अन्य चार जना सामान्य घाइते भएका छन् । क्याटालान क्षेत्रीय वारुण यन्त्र सेवाले जारी गरेको विज्ञप्तिअनुसार बार्सिलोना प्रान्तको मान्लेउ शहरस्थित एक पाँच तले आवासीय भवनमा अचानक आगलागी भएको थियो ।

    अग्निनियन्त्रक टोलीले करिव आधा घण्टामा आगो निभाए पनि भवनको छतमा पाँच जना मृत अवस्थामा फेला परेका थिए । अन्य चार जनालाई सामान्य चोट लागेको छ ।

    स्थानीय गस्ती टोलीको सहयोगमा प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरेको छ । अधिकारीहरूका अनुसार हाल मृतकहरूको पहिचान गर्ने कार्य भइरहेको छ ।